कुनै पनि व्यक्ति, संघ, संगठन र संस्थाहरुको इतिहाँस आ–आफ्नै किसिमको हुन्छ । संस्था स्थापना गर्न जति कठीन हुन्छ त्यो भन्दा कठीन त्यसलाई बचाउन र समयानुकुल विकास र संवर्धन गर्न हुन्छ । यदि समयानुकुल विकास र संवर्धन गर्न सकिएन भने त्यो लोप भएर जाने हुन्छ । त्यस्तै यो गणेश उच्च माध्यामिक विद्यालयले पनि स्थापना काल देखि जुन संघर्ष गर्नु प¥यो । यस विद्यालयको स्थापना कालमा यस गाउँमा विद्यालय थिएन । पढ्न सहरमा जानु प¥थ्यो । जुन निम्न आय आर्जन भएका व्यक्तिहरुको पहुँच भन्दा बाहिर थियो । यसै कुरालाई मध्यनजर राखी तत्कालिन शिक्षाप्रेमी नागरिक समाज र लब्ध प्रतिष्ठित व्यक्तिहरुले शिक्षा बिना उज्जवल भविष्यको कल्पना गर्न सकिंदैन हाम्रा बालबालिकाहरुलाई आफ्नै घर आँगन नजिक विद्यालय खोली पढाउन पाए गाउँका तमाम बालबालिकाहरुले पढ्ने हवसर पाउने थिए भनी छलफल ग।री त्यति वेला अंग्रेजी पढेका गोपालप्रसाद भण्डारीलाई शिक्षा प्रेमी श्री चन्द्र ब. खड्का, स्व. केदार प्रसाद लामिछाने, स्व.शिव ब. थापाहरुले बोलाई वि.सं. २०१८ साल फाल्गुन महिनामा गणेश मन्दिरको चौतारीमा १४–१५ जना विद्यार्थीहरु बटुलेर पढाउन सुरु गर्नुभयो । गर्मी याम चौतारीको पढाई असहज महसुस गरी चपली गाउँको भद्रकालीको रथ राख्ने पाटीको माथिल्लो तलामा सारियो । वर्षायाम सुरु भएपछि त्यहाँ पनि पानी चुहिन थालेकोले हाल विद्यालय रहेको ठाउँ नजिकै साहिली भाउजुको पसलको दलानमा पढाउन थालियो। दलानको पठन पाठनले निर्वाह नचल्ने देखेर २०२० सालमा समाजका वुद्धिजीवी वर्गले सरसल्लाह गर्दा स्व. शिव बहादुर थापाले आधा रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराउनु भयो ।
२०२० सालबाट विद्यालयको आफ्नै जग्गामा टहरो हाली १ जना शिक्षकको दरवन्दीमा प्राथमिक विद्यालय सञ्चालन भयो। २०२४ साल दशैं अगाडी एक दिन ठूलो आँधी आई पानी प¥यो । आँधीले टहरो उडायो । पढ्न आएका विद्यार्थी पानीले भिजेको टहरो भत्किएको अवस्थामा डाँडा गाउँको टोखा अस्पतालमा आफन्ट भेटेर एउटा जीपमा आएका दुई महिला जो राजराजेश्वरी र कुसुम राज्यलक्ष्मी देवी शाह जीपबाट ओर्लिएर विद्यालयको यस्तो अवस्थालाई देखी पक्की भवन बनाउन २०,०००।– प्रदान गर्नुभयो । त्यसबाट ३ कोठे पक्की भवन निर्माण भयो ।
२०२९ सालमा नि.मा.वि स्विकृत भयो । ३ कोठे भवन ४ जना शिक्षक दरवन्दी कक्षा कोठाको अभाव महसुस गरी जि.वि.स. को सहयोगमा जस्तापाता उपलब्ध गराई ३ कोठे कच्ची भवन निर्माण भयो ।
२०३५ सालमा २ तले ८ कोठाको जस्ताले छाएको भवन निर्माण भयो । प्र.वि. दरबन्दीमा ९ जना शिक्षक र नि.मा.वि. दरबन्दीमा ५ जना शिक्षक प्राप्त ग¥यो ।
२०५५ सालमा उत्तर तर्पm रहेको भवन निर्माण पूरा भएपछी दिवा सत्रमानै कक्षा सञ्चालन गरियो ।
२०६० सालको क्ीऋ परीक्षामा यस विद्यालयका छात्र श्री रामु खड्काले ८७% प्रप्ताङ्क ल्याई साधारण विद्यालयको तर्पmबाट नेपालकै सर्बोत्कृष्ठ स्थान प्राप्त गरे ।
१०+२ कक्षा सञ्चालनको निमित्त विभिन्न कार्यक्रमहरु गरी श्रोत जुटाई २०६४ सालमा उच्च माध्यामिक शिक्षा परिषदबाट स्विकृत प्राप्त गरी १०+२ कक्षा सम्मको पठन पाठन सुरु भयो ।
हाल यस गणेश मा.वि.को लगभग २ रोपनी जग्गा जसमा ३ ओटा पक्की भवन छन् । तर पनि पर्याप्त नभएर ११ र १२ कक्षाको सञ्चालन विहानी सत्र र नर्सरी कक्षा देखी १० कक्षासम्म दिवा सत्रमा सञ्चालन भएको छ । पिउने पानी र शौचालयको राम्रो व्यवस्था छ । १४ ओटा प्रा.शि. , ७ ओटा नि.मा.वि. शि. र ७ ओटा मा.शि. १ राहत र निजी श्रोतगरी दिवा सत्रमा ३५ जना शिक्षक कार्यरत्र हुनुहुन्छ भने विहानी शत्रमा छट्टै शिक्षकहरु कार्यरत हुनुहुन्छ । यो गणेश उच्च माध्यामिक विद्यालय यहाँ सम्म आइपुग्नमा यहाँका विद्यार्थीहरु, शिक्षक, अभिभावक र सरोकारवाला व्यक्तिहरुनै प्रशंसाका पात्र हुनुहुन्छ ।