बुढानिलकण्ठ, २
०१-४३७००९२
sganeshss@gmail.com

जयराम थापा ( अध्यक्ष व्यवस्थापन समिती )

SHREE GANESH MA.VI.

संसारको परिवर्तन सँग सँगै शिक्षा र शिक्षा निती पनि परिवर्तन हुँदै आईरहेको छ । शिक्षा जीवन र जगतको बिकास र संबृधी गर्ने महत्वपूर्ण ईकाइ हो । समग्र देशको विकासको मेरु दन्ड नै शिक्षा लाई मानिन्छ । त्यसैले शिक्षा मानव सम्पत्तिको ज्योती मानिन्छ । कुनै पनि देश विस्व मानचित्रमा कुन स्थानमा छ भन्ने कुरा त्यस देशले अबलम्बन गरेको शिक्षा नितिमा भर पर्दछ । विस्वमा प्रतेक दस दस वर्षमा शिक्षा निती परिवर्तन गर्ने पारीपाटी रहदै आएको छ । शिक्षा देश र आफ्नो भुगोल सुहाउदो, समय सापेक्षित, व्यवहारिक , व्यबसायिक र वैज्ञानीक हुनुपर्दछ । तेस्तै महत्वपूर्ण उदेस्य राखेर काठमाडौं जिल्लाको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ गणेश चोकमा आज भन्दा ५९ वर्ष अघी बि स २०१८ सालमा गणेश मा वि स्थापना भाई आफुले सक्दो गुणस्तर शिक्षा प्रदान गर्दै आईरहेको हामी सबैलाई जगजाएरै छ । स्थापनाकाल देखि आजसम्म आईपुग्दा गणेश मा वि को आन्तरिक जीवनमा धेरै आरोह र अवरोह छिचोल्दै यहाँ सम्मा आईपुगेको छ । परिवर्तित  समय सँगै शिक्षा नितिमा आएको परिवर्तन र शिक्षामा निजी क्षेत्रको प्रवेश सँगै केही जटिलता महसुस भएतापनी राज्यको शिक्षा सँग सम्बन्धित जुन निती अख्तियार गरी सामुदायिक विध्यालय सन्चालन भाईइरहेका छन त्यसलाई पनि आत्मासाथ गर्दै समय सापेक्ष आफ्नो साधन र स्रोतले भ्याए सम्म गुणस्तर शिक्षा दिने कुरामा कुनै कसर बाँकी नराखी सेवा प्रदान गर्दै आईरहेको कुरा तपाई हामी सबैलाई सर्ब वितै छ ।

शिक्षामा आएको परिवर्तनको वापजुत पनि बिद्यालयलाई सबै तह र तप्काका जनताका छोरा छोरी पढ्न र पढाउन सक्ने, शिक्षामा सबैको समान पहुच पुराउने गरी निजी बिद्यालय र सामुदायिक बिद्यालमा कुनै भिन्नता छैन भन्ने सन्देश प्रभाह गर्ने गरी गुणस्तर शिक्षा र आत्मा निर्भर नमुना बिद्यालय वनाउन मेरो नेत्रितोमा रहेको बिद्यालय व्यवस्थापना समिती अहोरात्र लागि रहने छ भन्ने प्रतिबद्दता जाहेर गर्न चाहन्छु । यस चुनौतिलाई जीवन्त बनाउन यस बिद्यालयलाई हृदय देखिनै माया गर्दै आईरहनु भएको सम्पूर्ण मानुभाव ज्युहरुको, पूर्व-बिद्यर्थी साथीहरुको, यस बिद्यालयका शिक्षक शिक्षीकाहरुको र यस बिद्यालय सँग सरोकार राख्ने सरोकार वालाहरुको सुझाव, सर -सल्लाहा र न्यानो सहयोगको अपेक्षा पनि गर्दछु

जयराम थापा
अध्यक्ष
व्यवस्थापन समिती
गणेश मा वि
बुढानिलकण्ठ काठमाडौं